काभ्रे उद्योग वाणिज्य संघको अधिवेशन सम्पन्न, अध्यक्षमा वैद्य, मानन्धर र मोछिभाेयावीच प्रतिस्पर्धा हुदैं
बनेपा । काभ्रे उद्योग वाणिज्य संघको ४२ औं वार्षिक साधारणसभा तथा अधिवेशनको अधिवेशन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
शनिवार बनेपामा हुने अधिवेशनमा अध्यक्ष पदमा ३ जना प्रतिस्पर्धामा रहेका छन् । अधिवेशनमा अध्यक्ष पदका लागि प्रताप वैद्य र राजन मानन्धर प्यानल सहित निर्वाचनमा हाेमिएका छन् भने वसन्त नारायण मोछिभाेया एक्लै निर्वाचनमा हाेमिएका छन् ।
प्रताप वैद्यको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ग्रुबेन तौजले, उपाध्यक्षमा उमेश शाक्य र बिकाश शर्मा तिमल्सिना, महासचिबमा यशकुमार रंजित, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा राजेश कुमार श्रेष्ठ, सचिवमा कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजकमा भिम आचार्य, सह कोषाध्यक्षमा श्याम कुमार भालु र सह सचिबमा सरोज काजी श्रेष्ठ उम्मेदवार रहेका छन् भने खुल्ला सदस्यमा राजन बहादुर ढकाल, जंग बहादुर महत, नरेश राज कायस्थ, रोशन कुवर खुप्पा श्रेष्ठ, श्याम सुन्दर विश्वजित भालु श्रेष्ठ, मिन बहादुर कर्माचार्य, सुमन चौ प्रधान, बिष्णु प्रसाद नराल र गौतम मानन्धर रहेका छन् । साेही प्यानलका लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ बनेपा संयोजकमा निर्बिरोध बिजयी भईसकेका छन् ।
त्यस्तै, राजन मानन्धरकाे प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार, उपाध्यक्षमा राजेन्द्र जोशी, सुरेश सुरेश भोछिभोया, महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा सुबिन्द्र राजभण्डारी, मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा श्रीकृष्ण थापा, सह-मुख्य संयोजकमा रवि ताजले, सह-सचिवमा राम कुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा राम कुमार श्रेष्ठ उम्मेदवार रहेका छन् । निर्वाचनमा वसन्त नारायण मोछिभाेया भने प्यानल बिना एक्लै अध्यक्षकाे उम्मेदवार बनेका हुन् ।
कार्यक्रम काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेंकाे अध्यक्षतामा भएकाे थियाे ।
संघकाे निर्वाचनमा १ हजार २ सय ५१ मतदाता रहेका छन् ।