अष्ट्रेलियाद्वारा आगामी वर्ष दिने भिसा संख्यामा दोब्बर वृद्धि

अष्ट्रेलिया । अष्ट्रेलियाले दक्ष कामदार भिसा र अभिभावक भिसाको संख्या आगामी वर्ष दोब्बरले वृद्धि गर्ने निर्णय भएको छ । अष्ट्रेलियाका ट्रेजरर जिम चाल्मरले बजेटमार्फत सार्वजनिक कार्यक्रममा आगामी सन् २०२२–२३ मा दक्ष कामदार भिसा संख्या ७९ हजारबाट १ लाख ४२ हजार र अभिभावक भिसा संख्या ४ हजार ५ सय बाट ८ हजार ५ सयमा वृद्धि गरेको बताएका छन् ।

यसैगरी, दुर्गम क्षेत्रमा देखिएको कामदार अभाव पूरा गर्ने उद्देश्यले उक्त क्षेत्रमा छुट्याइएको भिसाको संख्या समेत ११ हजारबाट ३१ हजार पु¥याइएको छ । तर पार्टनर भिसाको संख्या भने ७२ हजारबाट ४० हजारमा झारिएको छ । गत वर्ष दक्षताका आधारमा दिइने भिसाको संख्या ७६ हजार ६ सय रहेकामा उक्त संख्यालाई बढाएर १ लाख ४२ हजार पु¥याइएको छ भने पारिवारिक भिसाअन्तर्गत दिइने संख्यालाई ८० हजारबाट घटाएर ५२ हजार बनाइएको छ ।

अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमणपछि कामदार अभाव भएका कारण उक्त अभावलाई पूरा गर्न दक्ष कामदार भिसाको संख्या वृद्धि गरिएको बताइएको छ । यस्तै, गृह मन्त्रालयका अनुसार श्रीमान् वा श्रीमतीलाई दिइने (पार्टनर) भिसामा करिब आधा कटौती गरिएको छ भने व्यावसायिक व्यक्ति तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका व्यक्तिलाई दिइने भिसामा पनि अत्यधिक कटौती गरिएको छ ।

भिसा प्रोसेसिङ लगायतका काममा पछिल्लो समयमा देखिएको ढिलासुस्तीलाई कम गर्न, बाहिरी स्थानमा रहेका कार्यालय तथा शरणार्थीलाई सहयोग गर्नका लागि सरकारले तोकेको रकम खर्च हुने स्थानीय समाचार संस्था एसबीएसले उल्लेख गरेको छ ।