नेपाल र पाकिस्तान भोलि रंगशालामा भिड्दै, भाग्यशाली दर्शकले विश्वकपको टिकट पाउने

काठमाडौं । भोलि कार्तिक ३० गते हुने नेपाल र पाकिस्तान बीचको मैत्रीपूर्ण खेलका लागि छुट्टाछुट्टै प्रशिक्षण भइरहेको छ ।

अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) ले पाकिस्तान फुटबल टिममाथि लगाएको प्रतिबन्ध फुकुवा भएपछिको पाकिस्तानको यो पहिलो खेल हुनेछ ।

नेपालका लागि ३० जना खेलाडी चयन गरी प्रशिक्षक प्रवेश कटुवालले प्रशिक्षण सुरु गरेको थियो ।

खेल सञ्चालनका लागि ४६ लाख बराबरको बजेट निर्धारण गरेको एन्फाले जनाएको छ । यसका साथै रंगशालामा खेल हेर्न आउने दर्शकहरुमध्येबाट एकजना भाग्यशाली दर्शकलाई कतारमा हुन गइरहेको विश्वकप अन्तर्गतको ब्राजिल र क्यामरुन बीचको खेलको टिकट उपहार दिने योजना रहेको एन्फाले जनाएको छ ।

कार्तिक ३० गते दशरथ रंगशालामा साँझ ५ बजे खेल सुरु हुनेछ भने रंगशालाको गेट दिउँसो २ बजेदेखि नै खोल्ने तयारी रहेको छ ।