मैत्रीपूर्ण फुटबलमा पाकिस्तानमाथि नेपालको जित
काठमाडौं । दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा पाकिस्तान विरुद्ध नेपालले १–० को जित निकालेको छ ।
खेलको ८३ औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।
दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो । पाकिस्तान भने फिफाको निलम्बनका फुकूवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो ।
यस खेलमा नेपालको कप्तानी रोहित चन्दले गरेका थिए । यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरेका थिए भने आवास लामिछानेले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।