इङ्गल्याण्डद्वारा इरान ६–२ को भारी अन्तरले पराजित, साकाको २ गोल
कतार । कतारको खालिफा स्टेडियममा भएको फिफा विश्वकप २०२२ को समुह ‘बी’ अन्तर्गतको खेलमा इङ्गल्याण्डले इरानलाई ६–२ गोलअन्तरले पराजित गरेको छ ।
खेलको २५ औं मिनेटमा बेलिङ्गह्यामको गोलले अग्रता लिएको इङ्गल्याण्डले ४ गोलअन्तरले इरानलाई पराजित गरेको हो । बेलिङ्गह्यामले इङ्गल्याण्डको लागि आफ्नो करियरकै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका छन् । खेलको ४४ औं मिनेटमा साका र पहिलो हाफको इन्जुरी टाइममा स्टर्लिङ्गले गोल गर्दा पहिलो हाफको अन्त्यमा इङ्गल्याण्डले ३–० को अग्रता लिएको थियो ।
६२ औं मिनेटमा पुनः साकाले गोल गरी ४–० को अग्रता दिलाएका थिए भने खेलको ६५ औं मिनेटमा इरानका तारेमीले सान्त्वना गोल गर्दै ४–१ को अवस्थामा ल्याएको थियो । इङ्गल्याण्डका लागि ७१ औं मिनेटमा रासफोर्डले र ९० औं मिनेटमा ग्रेलिसले गोल गरेका थिए । यस्तै, अन्तिमको इन्जुरी समयमा पाएको पेनाल्टीमा इरानका लागि तारेमीले गोल गरेपनि इरानले ६–२ ले पराजय भोगेका थिए ।
इङ्गल्याण्ड र इरान बीच भएको यो पहिलो खेल हो । यसभन्दा अघि इङ्गल्याण्ड र इरानले कुनै पनि खेल खेलेको थिएन ।