नेदरल्याण्डको विजयी सुरुवात, सेनेगल २–० ले पराजित
कतार । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गतको तेस्रो खेलमा नेदरल्याण्डले सेनेगललाई २–० गोलअन्तरले पराजित गरेको छ ।
८४ मिनेटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेको डेडलकलाई तोड्दै गाक्पोको गोलमा नेदरल्याण्डले अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा क्लासेनले गोल गर्दै नेदरल्याण्डलाई २–० को अग्रता दिलाउँदा जित पक्का गरेको थियो ।
जितपछि समुह ‘ए’ को शीर्षस्थानमा इक्वेडर रहेको छ भने नेदरल्याण्ड दोस्रो स्थानमा रहनेछ ।